Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक प्रस्तुत हुने


0
Shares

काठमाडौँ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको छ।

प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ।

यस्तै, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित ऐन संशोधनसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।

स्वास्थ्यमन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यक्रम छ।

राष्ट्रियसभा बैठकमा भने प्रधानमन्त्रीको तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।