Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


भारतको उत्तर प्रदेशमा भारी वर्षा, ७२ घण्टामा ५८ जनाको मृत्यु


0
Shares

काठमाडौं । भारतको उत्तर प्रदेशमा ७२ घण्टासम्म लगातार परेको भारी वर्षाका कारण कम्तीमा ५८ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार तराई, बुन्देलखण्डलगायत क्षेत्रमा तीव्र हावाहुरीसहितको मुसलधारे वर्षाले करिब १३ जिल्ला प्रभावित भएका छन्।

प्रभावित क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। भारी वर्षाका कारण धेरै बस्ती डुबानमा परेका छन् भने हजारौँ मानिस विस्थापित भएका छन्। वर्षाका कारण विभिन्न क्षेत्रमा तापक्रमसमेत घटेर चिसो बढेको स्थानीयले बताएका छन्।

लखनउलगायत आसपासका क्षेत्रमा आइतबार बिहानदेखि वर्षाको तीव्रता केही कम हुँदै गएको जनाइएको छ। यद्यपि स्थानीय मौसम विभागले आज पनि प्रदेशका धेरै क्षेत्रमा वर्षा जारी रहने पूर्वानुमान गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।