४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


साउदी राजाका भाइसहित तीनजना वरिष्ठ सदस्य पक्राउ


0
Shares

काठमाडौं, फागुन २४ । साउदी अरेबियामा राजाका भाइसहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई कारण नखुलाइ पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

पक्राउ पर्नेहरुमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्वयुवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ रहेका छन् ।

राजकुमार अजिज देशका संस्थापक राजा अब्दुल अजिजका जीवित एकमात्र सन्तान हुन् ।

अर्का वरिष्ठ राजकुमार मोहम्मद बिन नायेफ अकस्मात् तीन वर्षअगाडि नहटाउँदासम्म राजगद्दीका उत्तराधिकारी थिए ।

पक्राउको घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ ।

सन् २०१७ मा सलमानले उनीहरूलाई पक्राउ गर्न आदेश दिएपछि राजपरिवारका दर्जनौं व्यक्ति र व्यवसायीहरू रियादस्थित एक होटलमा सीमित पारिएका थिए ।

सलमानलाई उनका बाबुले सन् २०१६ मा युवराज घोषणा गरेका थिए 

यी समाचारको खन्डन गरिएको छैन । तर, साउदी अरेबियामा राजदरबारका मामिला प्राप्य गोप्य राख्ने प्रयत्न गरिन्छ ।

सलमानले सन् २०१६ मा आर्थिक र सामाजिक सुधारका कार्यक्रमहरू घोषणा गरेपछि उनको निकै प्रशंसा भएको थियो ।

तर, उनी टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार खशोग्जीको हत्याकान्डमा मुछिएका छन् । (एजेन्सी)