२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


कोरोनाका कारण बेलायतमा एक महिलाको मृत्यु


0
Shares

एजेन्सी । कोरोना भाइरसका कारण बेलायतमा एक महिलाको ज्यान गएको छ ।

कोरोना संक्रमित ७० वर्षीया एक वृद्धाको रोयल बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बेलायती स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कोरोना संक्रमणबाट बेलायतमा निधन हुने उनी पहिलो व्यक्ति हुन् । कोरोना संक्रमण देखिएपछि उनी गत बुधबार अस्पताल भर्ना भएकी थिइन् ।

बेलायतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक सय १६ पुगेको बताइएको छ ।