२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


बलात्कार आरोपमा पूर्व डिएसपी पक्राउ


0
Shares

ललितपुर । बलात्कारको आरोपमा पूर्वडिएसपी राजकुमार खिउजू पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार राति  भक्तपुरबाट पक्राउ गरेको हो ।

परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार पक्राउ परेका पूर्वडिएसपी खिउजूलाई बिहीबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिनेछ ।

पूर्वडिएसपी खिउजुलाई महाँकाल गाउँपालिकाकी २१ वर्षीया युवतीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।

गत माघ २२ गते  युवतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

जाहेरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २३ माघमा पक्राउ गर्ने अनुमति दिएको हो ।

प्रहरीले उनलाई फरारको सूचीमा राख्दै आएको थियो । जागिर खान प्रहरी सिफारिस आवश्यक परेपछि ती युवती मंसिर ०७५ मा प्रहरी वृत्तमा पुगेकी थिइन् ।

त्यसैवेला खिउजूले उनलाई पहिलोपटक जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । त्यसवेला खिउजूले चलाखीपूर्ण तरिकाले भिडियो रेकर्ड गरी युवतीलाई ६ महिनासम्म जबर्जस्ती करणी गरेको युवतीको आरोप छ ।