
कैलाली । ए डिभिजन क्लब फ्रेन्ड्स धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो ।
फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईसले दुई गोल गरे । अब फ्रेन्ड्सले सेमिफाइनलमा मछिन्द्र र बागमती युथ क्लबबीचको विजेतासँग खेल्ने छ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ ।
उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्