२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


‘कोरोना’ले सर्वसाधारणमा ‘आतंक’, नआत्तिन चिकित्सकको सुझाव


0
Shares

सुशीला बस्नेत र विनोद बजगाइँ (इमेज)

काठमाडौं, फागुन २० । विश्वका ६४ देशमा फैलिइसकेको ‘कोरोनाभाइरस’को त्रास नेपालमा पनि बढेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेपछि त सर्वसाधारणमा एकखालको आतंक छाएको छ ।

पछिल्लो समय सामान्य रुघाखोकी लागेकाहरुसमेत सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुग्नेक्रम बढ्दो छ ।

उनीहरुमा कोरोनाको संक्रमण नभइ मौसमी रुघाखोकी लागेको हुनसक्ने भन्दै चिकित्सकहरुले नआत्तिन सुझाव दिने गरेका छन् ।

अहिले विभिन्न देशबाट आएका ६ जनालाई अस्पतालको ‘आइसोलेसन’कक्षमा राखिएको छ । उनीहरुमा पनि कोरोना पुष्टि नभएको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले जानकारी दिए ।

डा. राजभण्डारीकाअनुसार कोरोना भाइरसको पुष्टि भएका बिरामी भेटिएमा अस्पतालले आवश्यक तयारी गरिरहेको छ । यसका लागि काठमाडौंकै वीर अस्पताल, टेकु अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमै पनि उपचारको व्यवस्था गरिएको उनले बताए ।

उपचारमा सघाउन थुप्रै संघ–संस्था पनि इच्छुक रहेको पनि उनले जानकारी दिए ।

त्यसो त पछिल्लो समय कोरोनाभाइरसका कारण जनस्तरमासमेत सचेतना पनि बढेको छ ।

कोरोनाभाइरस संक्रमणको शंकाले आत्तिनुभन्दा रुघाखोकी लागेमा घरमै बसेर आराम गर्ने, तातो झोलपदार्थ खाने, सामान्य रुघाखोकीको औषधि खाने र बाहिर जाँदा मास्क प्रयोग गरेमा निको हुने र जोखिमसमेत कम हुने चिकित्सकहरुको सुझाव छ ।

भिडियो हेर्नुहोस्