५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


कोरोना भाइरस प्रकरणः घरबाटै काम गर्न कर्मचारीलाई ट्वीटरको आग्रह


0
Shares

एजेन्सी, फागुन २० । कोरोना भाइरसको संक्रमणको त्रास देखिएपछि सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कर्मचराीलाई घरबाटै काम गर्न अनुमति दिएको छ ।

कोरोना भाइरस फैलिन नदिन सावधानी अपनाउँदै आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न अनुमति दिएको हो । हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई घरबाट काम गर्नु अनिवार्य रहेको जनाएको हो ।

विश्वभर रहेका आफ्ना पाँच हजार कर्मचारीलाई सकेसम्म घरबाटै काम गर्न प्रोत्साहित पनि गरिएको छ । ट्वीटरले एक दिनअघि आफ्ना कर्मचारीलाई अत्यावश्यक बाहेकका व्यवसायिक यात्रा तथा कार्यक्रममा सहभागी नहुन भनेको थियो ।