२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना


0
Shares

काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

आउँदो बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तयारीस्वरुप प्रधानमन्त्री ओली सोमबार साँझ सवा ६ बजे अस्पताल भर्ना भएका हुन् ।

आउँदो बुधबार नेपाली र भारतीय चिकित्सकहरुले प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गर्नेछन् ।

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई पनि सोही अस्पताल भर्ना गरिएको छ ।

१३ वर्षअघि भारतको एपोलो अस्पतालमा ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

गत साउनदेखि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि उनी गत भदौमा सिंगापुर गएका थिए ।