
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज(सोमबार) अस्पताल भर्ना गरिँदै छ ।
मिर्गौला प्रत्यारोपणका लागि उनी आज अस्पताल भर्ना हुन लागेका हुन् ।
आगामी बुधबार उनको नेपाली चिकित्सकहरुको टोलीले मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
उनी मिर्गौला प्रत्यारोपणका लागि आज नै महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना हुनेछन् ।
१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि उनी गत भदौमा सिंगापुर गएका थिए ।
ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्