Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


विमानस्थलमा चेकजाँचमा कडाइ: यात्रुलाई लाइनमा राखेर ‘थर्मल गन’को प्रयोग


0
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिँदै गएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ ।

हिजो(आइतबार)देखि त्रिभुवन विमानस्थल भएर आवत जावत गर्ने सबै यात्रुलाई लाइनमा राखेुर चेकजाँच सुरु गरिएको हो ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जारी गरेको विज्ञप्तिअनुसार यसअघि सबै यात्रुको थर्मल स्क्यानरबाट चेकजाँच गर्दै आइरहेको भए पनि हिजोदेखि ‘थर्मल गन’ समेतको प्रयोग गरेर सम्पूर्ण यात्रुहरुको शरीको तापक्रम चेकजाँच गर्ने कार्य सुरु गरिएको उल्लेख छ ।

विमानस्थलमा सूचनामुलक सन्देश नेपाली, अंग्रेजी र चाइनिज भाषामा प्रसारण गर्न थालिएको उनले जानकारी गराएका छन् ।

चेकजाँचमा संलग्न अधिकारीहरुका अनुसार यसअघि स्क्यानबाट गरिने भए पनि त्यसलाई धेरै विश्वास नगरेकाले ‘थर्मल गन’ को प्रयोग गर्नुपरेको हो ।

दैनिक पाँचहजार बढी यात्रुलाई ‘थर्मल गन’बाट चेकजाँच गरिने विमानस्थलले जनाएको छ ।