३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


विमान चालकदललाई कोरोना भेटिएन, विद्यार्थीहरुको रिपोर्ट सोमबार


0
Shares

काठमाडौं, फागुन १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका १ सय ७५ नेपाली लिन गएको विमानको चालक दलका १८ जना सदस्यहरु मध्ये कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जनाएको छ ।

गत फागुन ४ गते विद्यार्थीहरु लिन गएका उनीहरुको क्वारेन्टाइन अवधि शनिबार सकिएकोमा कसैमा पनि संक्रमण फेला नपरेको मन्त्रालयले जनाएको हो ।

चालक दलका १८ जनालाई नगरकोटमा र ७ जना चिकित्सकको टोलीलाई खरिपाटीमा क्वारेन्टाइनमा राखिएको छ । यस्तै १५ दिनदेखि भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका विद्यार्थीहरुको पनि शनिबार दोस्रो पटक स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षणको सोमबार नतिजा आउने मन्त्रालयले जनाएको छ । भाइरस संक्रमण नभेटिए उनीहरु घर जान पाउने छन् ।