४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


प्रधानमन्त्रीको मिर्गौंला प्रत्यारोपण बुधबार गरिने, सोमबार अस्पताल भर्ना हुने


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौंला प्रत्यारोपण आगामी बुधबार हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मिर्गौंला प्रत्यारोपण हुने बताएका छन् ।

आजको पार्टी सचिवालय बैठकमा उनले यसबारेमा जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओली मिर्गौंला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने भएका छन् ।

ओलीको यसअघि २०६४ को असारमा पहिलोपटक मिर्गौंला प्रत्यारोपण गरिएको थियो।