२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


पाकिस्तानमा रेल र बस ठोक्किँदा ३० जनाको मृत्यु


0
Shares

इस्लामावाद, फागुन १७ । पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सुक्कुर जिल्लामा रेल र बस एकापसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको संख्या ३० पुगेको शुक्रबार अबेर राति एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

घाइते १५ को उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ३० पुगेको सुक्कुर जिल्लाका प्रहरी निर्देशक शफिक अहमदले बताएका छन् ।

यस दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुमा महिला, बालबालिकाको संख्या धेरै रहेको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षककाअनुसार पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीबाट पूर्वी रावलपिन्डीतिर जाँदै गरेको पाकिस्तान एक्सप्रेस नामको यात्रीवाहक रेलले जिल्लाको रोहरी क्षेत्रनजिकैको कन्ध्र सहरको रेलवे मार्गमा बसलाई ठक्कर दिएको थियो । रासस/सिन्ह्वा