५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


जापानको सहयोगमा धनकुटा अस्पतालमा अत्याधुनिक उपकरण जडान


0
Shares

धनकुटा । जापान सरकारले जिल्ला अस्पताल धनकुटामा आकस्मिक उपचार सेवाका लागि अत्यावश्यक अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराएको छ ।

आकस्मिक कक्ष, सल्यक्रिया र अन्तरंग विभागमा सोझै अक्सिजन पुर्‍याउन सकिने ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान गरेर जापानी राजदुत मासामिची साइगोले हस्तान्तरण गरे ।

जापान सरकारको ग्रासरुट ह्यूमेन सेक्यूरिटी प्रोजेक्ट जिजिपीमार्फत ९९ लाख ६२ हजार १ सय ३८ रुपैयाँ लागतमा उक्त अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ जडान गरिएको जिल्ला अस्पतालका प्रमुख पुजन विश्वकर्माले बताए ।

जिल्ला अस्पतालमै अक्सिजन उत्पादन तथा वितरण प्रणाली जडान भएपछि शल्यक्रिया र जटिल रोगका बिरामीलाई तत्कालै धरान र विराटनगरका अस्पताल पठाउनु पर्ने बाध्यताको हट्ने अपेक्षा गरिएको छ ।