Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


‘मास्क’ लगाएर मात्रै भारत जान अनुमति


0
Shares

भीमदत्तनगर, फागुन १२ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारत आउने/जाने सबैलाईै माष्क अनिर्वाय गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

भारतीय पक्षले सिमानामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पनि परिचालन गरेको छ ।

“शंकाष्पद लागे उनीहरुले स्वास्थ्य परीक्षण गर्ने गरेको बुझिएको छ” इप्रका गड्डाचौकीका प्रमुख नरेन्द्र चन्दले भने, “भारतले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि एक साता यता कडाइ गरेको हो ।”

माष्क अनिर्वाय गरेपछि गड्डाचौकीदेखि एसएसबी क्याम्पसम्म माष्कको व्यापार बढेको स्थानीयको व्यापारीको भनाइ छ ।

त्यसैगरी पछिल्ला केही दिनयता भारतीय सुरक्षाकर्मीले नेपाली सवारीसाधन माथिको जाँचमा कडाइ गरेको छ । रासस