
बाँके, फागुन १० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
शनिबार बाँकेमा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा आयोजित स्वास्थ्य शिविरमा बोल्दै उनले सेक्युरिटी प्रिन्टिङ प्रेसकान्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने जिकिर गरे ।
विभिन्न कान्डले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेकोे पुष्टि भइसकेको नेता कोइरालाको भनाइ थियो ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा नीतिगत भनेर केही पूर्वप्रधानमन्त्रीलाई छुट दिएको र कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे ।
कम्युनिस्टहरुको ज्यादतीको विरुद्धमा आफूहरु एकजुट भएको भन्दै नेता कोइरालाले पार्टीभित्रको अनुशासनलाई पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्