
काठमाडौं । सामुहिक बलात्कार मुद्दा मिलाइदिन्छु भन्दै घुस लिन खोज्ने असई विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
महानगरीय अपराध महाशाखा टेकु अन्तर्गत कारागार कार्यालय, सुन्धारामा कार्यरत असई उमेश केसी विरुद्ध अख्तियारले मूद्दा दायर गरेको हो ।
बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने भन्दै महानगरीय अपराध महाशाखाका तत्कालीन असई केसी विरुद्ध सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेको थियो ।
केसीले महानगरीय प्रहरी परिसर ललितपुरबाट अनुसन्धान भएको जबरजस्ती करणी मुद्दामा अदालतमा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने भन्दै घुस रकम मागेका थिए ।
घुस लिन गएको सप्रमाण पुष्टि भएपछि भ्रष्टाचार गरेको आरोपमा विषेश अदालतमा हिजो उनीविरुद्ध मुद्दा दायर भएको छ । उनलाइ ६० लाख बिगो भराउने अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्