लमजुङ केन्द्रविन्दु भएर गयो भूकम्प « Imagekhabar – Online News Portal of Nepal


लमजुङ केन्द्रविन्दु भएर गयो भूकम्प


819
Shares

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ बजे २ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।


रातिको समय भइसकेकाले अधिकांश त्यहाँका मानिसहरु सुतिसकेको अवस्थामा भूकम्प आएको हो ।

भूकम्प २ दशमलव ५ रेक्टर स्केलको भएकाले कतिपय मानिसले थाहा समेत पाएका थिएनन् ।