Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


आहा रारा गोल्डकप फुटबल आजबाट


208
Shares

काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आजबाट सुरु हुँदैछ ।

दिउँसो २ बजे पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टिम एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । यस खेलको विजेताले अन्तिम आठमा बिवाइएसी मिनेसोटा यूएसएसँग खेल्नेछ ।

सहारा क्लब पोखराको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए गरी कुल १० टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

Skip This