
काठमाडौं । नेपाल सरकारका पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्याबारे प्रहरीले गहन अध्ययन थालेको छ ।
ललितपुर प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको हो ।
पूर्वसचिव कार्की यसअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा रहंदा भूकम्पपीडितका लागि सामान खरिद काण्डमा संलग्न रहेको आरोपमा छानबिनमा परेका थिए ।
उनीमाथि २०७३ सालमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले सानेपामै आक्रमण गर्दा उनलाई सामान्य चोट लागेको थियो ।
कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको र अर्की कामदार किशोरी पनि घरबाहिर रहेको समयमा यो घटना भएको बताइएको छ ।
सानेपास्थित आफनै घरको बेडमा हात बाँधिएको अवस्थामा फेला परेकी कार्कीलाई अस्पताल लग्ने क्रममा अस्पतालमा मृत्यु भएको हो ।
कार्कीको घरमा काम गर्न बसेका कामदारको भने झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
छिमेकीले खवर गरेपछि घटनास्थल पुगेको प्रहरीले अचेत अवस्थामा रहेकी कार्कीलाई तत्काल उपचारका लागि स्टार अस्पताल बल्खु लगेको थियो ।
कार्कीको घरका कामदार दाङ घर भएका विजय चौधरीको शव सोही घरको भरयांगको रेलिङमा झुण्डिएको अवस्थामा फेला परेको छ ।
प्रतिक्रिया दिनुहोस्