बाघको छालासहित दाङबाट चार जना पक्राउ « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Tue Sep 27 2022


बाघको छालासहित दाङबाट चार जना पक्राउ


91
Shares

दाङ । प्रहरीले लमही नगरपालिका टिकुलीगढबाट बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बाघको छालासहित चारजनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

बाघको छाला बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

बरामद गरिएको बाघको छालासहित उनीहरूलाई डिभिजन वन कार्यालय देउखुरीलाई बुझाइएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिकाका शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका बरुवा गाउँका आशाकुमार चौधरी छन् ।