१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


जब भारतीय प्रधानमन्त्री मोदी एका एक जिम गर्न पुगे….


780
Shares


एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार उत्तर प्रदेशको मेरठमा जिम गर्न पुगेका छन् ।

खेलकूद विश्वविद्यालयको शिलान्यास गर्न मेरठ पुगेका मोदीले त्यहाँ जिम गर्न समेत भ्याए । मोदीले एक मेशिनमा बसेर गरेको छाति सम्बन्धिको शारीरिक कसरतको भिडियो अहिले भारतभरि नै भाइरल भएको भारतीय संञ्चार माध्यमले जनाएका छन् । मोदीले एकाएक गरेको जिमप्रति सबैले चासो राखेका छन् ।

कतिपयले मोदीले शारीरिक तन्दुरुस्तीका लागि शन्देश दिएको अर्थ लगाएका छन् । मोदीले त्यहाँ अरु फिटनेश मेसिनको पनि अवलोकन गरेका थिए । प्रधानमन्त्री मोदी हरेक दिन योग गर्ने गर्छन भने उनकै पहलमा विश्व योग दिवस मनाउने गरिएको छ ।