Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


माघ १८ गतेदेखि भृकुटीमण्डपमा क्यान इन्फोटेक


13
Shares

काठमाडौं, पुष ११ । आगामी माघ तेस्रो साता क्यान इन्फोटेक सञ्चालन हुँदैछ ।

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२२ आगामी माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा गर्न लागेको हो ।

यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुवल दुवै स्वरुमा आयोजना हुने गरी तयारी बढाइएको महासंघले जनाएको छ ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति रणनीति तथा कानुनी संरचना निर्माणका लागि अन्तरक्रिया गर्ने उद्देश्यले बर्षेनी आयोजना हुदैं आएको इन्फोटेकको यो २७ औं संस्करण हो ।

मेला ६ दिन सम्म चल्नेछ ।