उपहारमा पाएकाे बीएमडब्लू र आइफोनले नोरालाई तनाव, सुकेशविरुद्ध साक्षी बस्ने « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Tue Sep 27 2022


उपहारमा पाएकाे बीएमडब्लू र आइफोनले नोरालाई तनाव, सुकेशविरुद्ध साक्षी बस्ने


3.354k
Shares

काठमाडौं । अवैध धन कारोबारको आरोपमा मुछिएपछि बलिउड अभिनेत्री नोरा फतेहीले अदालतमा ठगी आरोपी सुकेश चन्द्रशेखरविरुद्ध अदालतमा साक्षीकाे रूपमा वयान दिने भएकी छन् ।

सुकेशकी श्रीमती लीना पलले चेन्नाइमा भएको एक कार्यक्रममा सहभागी हुनका लागि नोरालाई एक बीएमडब्लु कार र एउटा आइफोन गिफ्ट दिएपछि उनी पनि अवैध धनको मुद्दामा मुछिएकी हुन् ।

ठगी आरोपी चन्द्रशेखरको सम्पत्ति शुद्धीकरणको मुद्दा जटिल बन्दै गइरहेका बेला नोराको यो वयाले बलिउडमा तरङ्ग पैदा गरेको छ । नोरा मात्र होइन सुकेश चन्द्रशेखरको मुद्दामा यसअघि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजसमेत जोडिएकी थिइन् ।

भारतको आर्थिक अपराधको अनुसन्धान गर्ने प्रवर्तन निर्देशनालयले गरेको सोधपुछमा फतेही आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू गलत रहेको दाबी गरिन् ।

यद्यपि सोधपुछपछि चन्द्रशेखरले आफूलाई सोही कार्यक्रममा उपस्थित भएबापत उपहार दिएको स्वीकार गरेकी छन् । उनले त्यसअघि र पछि चन्द्रशेखरसँग कुनै पनि उपहार नलिएको जिकिर गरिन् ।

चन्द्रशेखरकी श्रीमती लिनाले सार्वजनिक कार्यक्रममा घोषणा नै गरेर माया र सम्मानका साथ कार र आइफोन उपहार दिएको नोराले बताइन् ।

स्मरण रहोस्, सुकेश चन्द्रशेखरमाथि २ सय करोड रुपैयाँ ठगीको आरोप लागेको छ । प्रवर्तन निर्देशनालयले चन्द्रशेखरले आफ्नो जालमा पारेमा मानिसहरुको खोजीलाई तीव्र बनाएको छ ।

सोधपुछका क्रममा उनले धेरै बलिउड सेलिब्रेटीहरुको नाम लिएको समाचारमा उल्लेख छ । उनको वयानलाई आधार मान्ने हो भने अवैध धनको यो मुद्दा आगामी दिनमा थप पेचिलो बन्ने देखिएको छ ।