सिन्धुली । सिन्धुलीमा जंगली हात्तीको समुह बस्तीमा पसेर घर भत्काएका छन् । कोशी टप्पु वन्य जन्तु आरक्षणबाट सिन्धुली पसेका हात्तीको बथानले गएराती कमलाखाेंच क्षेत्रको दुधौंली नगरपालिका–४ बैराहामा घर भत्काएको हो ।
विगतका वर्षहरुमा पुसको अन्तिमतिर सिन्धुली पस्ने गरेका हात्ती यसवर्ष मंसिरबाटै कमलाखोंचमा प्रवेश गरेर आतंक मच्चाईरहेका छन् ।
हात्तीको बथानले यस अघि पनि दुधौली नगरपालिका–६ को माथिल्लो पत्रिंगा र कुनी गाउँमो ३० वटा घर भत्काएका छन् भने केराघारी मास्ने र घरमा राखेको धान समेत खाईदिएका थिए ।
दिउँसो चुरे र भावर क्षेत्रमा बस्ने र राती चुरेको जंगलबाट बस्तीमा प्रवेश गर्ने हात्तीको बथानबाट स्थानीय त्रसित बन्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्