प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम र एपीएफ विजयी « Image Khabar


प्रधानमन्त्री कप महिला क्रिकेटमा सुदूरपश्चिम र एपीएफ विजयी


78
Shares

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएका खेलमा सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब विजयी भएका छन् ।

सुदूरपश्चिमले गण्डकीमाथि ९ विकेटको जित दर्ता गर्‍यो । गण्डकीले दिएको ३२ रनको झिनो लक्ष्य सुदूरपश्चिमले २ दशमबल २ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । जसमा कविता जोशीले सर्वाधिक ८ रन जोडिन् । १९ रन अतिरिक्त खर्चिएको गण्डकीका लागि मनिषा उपाध्यायले १ विकेट हात पारिन् ।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिंग गरेको गण्डकीे १८ ओभरमा जम्मा ३१ रनमा समेटियो । उसका कुनै पनि ब्याट्सओम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका कविता जोशी र दीपा जोराले २/२ विकेट झारिन् । सुदूरपश्चिमकी कविता जोशी ओम्यान अफ द म्याच भइन् ।

यस्तै अर्को खेलमा एपीएफ क्लबले प्रदेश २ लाई ४८ रनले पाखा लगायो । एपीएफले दिएको ९९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले मात्र ५० रन बनाउन सक्यो । जसमा मेलिना रायमाझीले सर्वाधिक २० रन जोडिन् । प्रदेश २ का अन्य ब्याट्सओम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफका सुस्मा श्रेष्ठले २ विकेट हात पारिन् । यसअघि पहिला ब्याटिंग गरेको एपीएफले निर्धारित १५ ओभरमा ८ विकेट गुमाउदै ९८ रन जोडेको थियो । एपीएफकी सुस्मा श्रेष्ठ ओम्यान अफ द म्याच चुनिइन् ।