स्वयम्भुमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार « Image Khabar


स्वयम्भुमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार


4.121k
Shares

काठमाडौं । काठमाडौँको स्वयम्भुस्थित छाउनीमा ट्याक्सी चालकमाथि खुकुरी प्रहार भएको छ । प्रहरीले खुकुरी प्रहार गरेका बाराको कलैया बस्ने १९ वर्षीय विकास सराबलाई पक्राउ पनि गरेको छ ।

उनको चक्कु प्रहारबाट बा १ ज १४४६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपलिका–२ घर भई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामा घाइते भएका छन् । उहाँको घाँटीमा चोट लागेको छ । सोही ट्याक्सीमा सवार सराबले के कारणले घटना घटाएका हुन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।