
काठमाडौं । अष्ट्रेलियामा हावामा उड्ने टेन्ट दुर्घटना हुँदा चार जनाका बालबालिकाको मृत्यु भएको छ । अष्ट्रेलियाको तस्मानियाका प्राथमिक बिद्यालयका बिद्यार्थीहरु चढेको हावामा उड्ने टेन्ट १० मिटर उचाइबाट तल खसेपछी चारजनाको मृत्यु भएको हो ।
अष्ट्रेलियाको डेभोनपोर्टमा भएको दुर्घटनामा ५ जना बालबालिका घाइते भएका छन् । मृत्यु हुनेमा दुई छात्रा र दुई छात्र छन् । घटना लगत्तै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले घटना प्रति दुःख ब्यक्त गदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । घटनाबारे अनुसन्धान थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्