Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


विश्वकपबारे प्रधानमन्त्रीको टिप्पणी- मनपर्ने देशले खेलेकाे छैन


13
Shares

काठमाडाैं ।
प्रधानमन्त्री बालेन शाहले जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आफ्नो मनपर्ने देश सहभागी नभएको बताएका छन्।

विश्वकपको ज्वरोले विश्वभरका फुटबलप्रेमीलाई छोइरहेका बेला शनिबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री शाहले धेरै साथीभाइ तथा शुभेच्छुकले विश्वकपमा कुन देशलाई समर्थन गर्नुहुन्छ भनी प्रश्न गरेको उल्लेख गर्दै आफूले नेपाललाई नै सबैभन्दा बढी माया गर्ने संकेत गरे।

उनले लेखेका छन्, ‘धेरै जना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्ड कपमा ? मेरो फेभरेट देशले खेलेकै छैन !’