Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


पार्टी अत्यन्त कमजोर अवस्थामा पुगेको भन्दै नेता काेइरालाकाे चिन्ता

एकता नै एकमात्र विकल्प भएकाे ठहर

0
Shares

काठमाडाैं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी अत्यन्त कमजोर अवस्थामा पुगेको र एकता नै एकमात्र विकल्प रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस इतर समूहले आइतबार मोरङको विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्ताे बताउनुभएकाे हाे । पार्टी दुई टुक्रा भएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो । उहाँले सभापति गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाउँदै सबै नेताहरूलाई पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्र रहेको बताउनुभएकाे छ।

नेता कोइरालाले सर्वोच्च अदालतले थापालाई आधिकारिक सभापति घोषणा गरेको निर्णय गलत भएको समेत बताउनुभयाे । त्यसकै सजाय पार्टीले भोगिरहेको बताउनुभएकाे छ । ८० वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको उहाँको ठहर थियाे ।