Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


अमेरिका र इरानबीच २४ घण्टाभित्र शान्ति सम्झौता हुने सम्भावना बलियोः पाकिस्तानी प्रधानमन्त्री सरिफ


13
Shares

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शनिबारअमेरिका र इरानबीच आगामी २४ घण्टाभित्र ऐतिहासिक शान्ति सम्झौता हुने सम्भावना रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत यस्तो बताउनुभएको हो । प्रधानमन्त्री शान्ति सम्झौताको इतिहासमै सबै भन्दा नजिक पुगेकाे बताउनुभएकाे छ। पाकिस्तानले यस शान्ति सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर (विद्युतीय हस्ताक्षर) गर्ने तयारी गरिरहेको छ । जसको निरन्तरता स्वरूप अर्को हप्ता प्राविधिक स्तरको वार्ता हुने भएकाे हाे ।

प्रधानमन्त्री सरिफले यो ऐतिहासिक शान्ति सम्झौताले स्थायी शान्तिका लागि बलियो जग खडा गर्नेछ भन्ने कुरामा पूर्ण विश्वस्त रहेकाे बताउनुभयाे ।