एजेन्सी । पाकिस्तान नियन्त्रित काश्मीरमा एक सैन्य हेलिकाेप्टर दुर्घटना हुँदा २२ जना सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले बिहीवार जनाएका छन् ।
पाकिस्तान प्रशासित काश्मिरको मुजफ्फराबाद जिल्ला नजिकै सेनाको उड्डयन विभागको ’एमआई–१७’ ९ःष्–१७० हेलिकाेप्टर दुर्घटना भएको हो। उक्त दुर्घटनामा एक कर्णेल र दुई मेजरसहित २२ जना सैनिक कर्मचारीको मृत्यु भएको छ । यसअघि, सेनाको सञ्चार शाखा ’इन्टर–सर्भिस पब्लिक रिलेसन्स’ (आईएसपीआर) द्वारा जारी विज्ञप्तिमा हेलिकप्टर उडान भर्ने क्रममा प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको थियो ।
आईएसपीआरले दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन एक छानबिन समिति गठन गर्न आदेश दिएको छ ।पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले हेलिकाेप्टर दुर्घटनाप्रति गहिरो दुःख र शोक व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभयाे ।










प्रतिक्रिया दिनुहोस्