१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भन्ने ३३ प्रतिशत, गर्ने विभेद ?


0
Shares

काठमाडौं । मुलुकका दुई ठूला पार्टी एमाले र कांग्रेस महाधिवेशनको चटारोमा छन् । तर, ती पार्टीका कुनै पनि नेत्रीहरुले खुलेर पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका छैनन् । १५ सदस्यीय एमाले पदाधिकारीमा जम्मा एक जना नेत्री छन् । नवौं महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य र विद्यादेवी भण्डारी राष्ट्रपति बनेपछि पदाधिकारीमा शाक्य एकलो महिला नेता बनिन् ।

सत्तसीन कांग्रेस पदाधिकारीमा पनि महिलाको उपस्थिति दयनीय नै छ । ९ सदस्यीयमा एक्लो सीतादेवी यादव कोषध्यक्ष छिन् । दुवै दल महाभिवेशमा होमिदासमेत पदाधिकारीमा महिला उपस्थिति बढाउनेबारे बोलेका छैनन् । ३३ प्रतिशत महिलाको कुरा त उठाएका छन् । व्यवहारमा कार्यान्वयन गर्न भने दलह्रु अनुदार बन्दै आएका छन् । एमाले उपाध्यक्ष शाक्य लोकतान्त्रिक आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण भएकाले ३३ प्रतिशत सहभागीता सुनिश्चित हुनुपर्ने बताउँछिन् ।

‘महिलाको सहभागिता बिना पार्टी अगाडि बढ्न सक्दैन,’ शाक्यले भनिन्, ‘लोकतन्त्र ल्याउन महिलाको पनि योगदान महत्वपूर्ण छ । आन्दोलनमा सहभागीचाहिँ गराउने पद दिन कञ्जुस्याइँ गर्न मिल्दैन । ‘पार्टीको पदाधिकारी त परै जाओस्, मौजुदा केन्द्रीय समितिमा पनि महिलाको ३३ प्रतिशत उपस्थित छैन । १ सय ९६ सदस्यीय एमाले केन्द्रीय कमिटीमा ३० जना मात्रै महिला सदस्य छन् ।

यो १५.३ प्रतिशत हो । कांग्रेसमा पनि महिलाको उपस्थिति उस्तै छ । १ सय ४ सदस्यीय केन्द्रीय समितिमा महिलाको २१ जना (२० प्रतिशत) मात्र छन् । केन्द्रीय कमिटी र पदाधिकारीमा महिलाको उपस्थिति ३३ प्रतिशत सहभागीता पुर्याउन आफूहरु सक्रिय भइरहेको शाक्य बताउछिन् । ‘पदाधिकारीमा पनि के कति जाने, कसरी व्यवस्था गर्ने भन्ने छलफल होला,’ उनले भनिन् ।

न्नपूर्ण