
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धनका प्रमुख नेताहरूले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको र दर्ता नै नभएको टेलिभिजनको उद्घाटन गर्दै गैरकानुनी कार्यलाई प्रश्रय दिएको पाइएको छ ।
विद्यमान ऐन कानुनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवा आफंैले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको पतञ्जलीको आस्था नेपाल र पतञ्जली नेपाल नामक दुई विदेशी च्यानलको उद्घाटन गर्दै कानुनको खिल्ली उडाएका हुन् । प्रधानमन्त्री देउवाले कानुनको ’दयगतमा कुनै जानकारी नै नभई यो कार्य गरेका हुन् वा जानीजानी उपेक्षा गरेका हुन् ? उनको सचिवालयले यसको जवाफ दिन आवश्यक ठानेको छैन । सरकारको यस कार्यको विभिन्न राजनीतिक दल, नेपाल पत्रकार महासंघ, नागरिक समाजका अगुवाहरूले समेत विरोध गरेका छन् ।
प्रधानमन्त्री देउवाले गत शुक्रबार मात्रै विदेशी लगानीमा सुरु हुन लागेको सो गैरकानुनी टेलिभिजनको उद्घाटन गरेपछि उनी आफ्नै पार्टीभित्र पनि आलोचित बनेका छन् । ऐनविपरीत विदेशी लगानीमा सुरु गर्न लागिएको र दर्ता नै नगरिएको भारतीय टेलिभिजको सो उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाका अलवा सत्तागठबन्धनका प्रमुख नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाँडलगायतका नेताहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्