धनकुटाका २९ कृषकला‍ई गाउँपालिकाको सम्मान « Image Khabar


धनकुटाका २९ कृषकला‍ई गाउँपालिकाको सम्मान



धनकुटा । जिल्लाको शहिदभूमि गाउँपालिकाले २९ जना कृषकलाई सम्मान गरेको छ ।

गाउँपालिकाले तरकारी उत्पादन गर्ने सर्वोत्कृष्ट ४ जना र उत्कृष्ट २५ जना किसानलाई सम्मान गरेको हो ।

उत्पादन वृद्धिका लागि ३ लाख ६४ हजार रुपैयाँ बराबरको उन्नत जात ‘कार्डिनल जात’को आलुको विउ समेत वितरण गरेको गाउँपालिकाले जनाएको छ ।