Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


कर्णाली प्रदेशमा साँझ साढे ७ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान


0
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेको छ । प्रदेश प्रमुखले कार्यालयले आज विज्ञप्ति जारी गर्दै आज साँझ साढे ७ बजेसम्म मुख्यमन्त्री पदको लागि दाबी पेश गर्न प्रदेश सभा सदस्यहरुलाई आवहान गरेको हो ।

बहुमत नआएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिजाे राती लिखित राजीनामा दिनु भएको छ । शाहीको राजीनामा स्वीकृत भएकाले नयाँ मुख्यमन्त्रीका लागि आवहान गरिएको हो । शाही संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मिति ०७४ फागुन ३ गते मा मुख्यमन्त्री पदका लागि नियुक्त हुनु भएको थियो ।

त्यस्तै, धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभाको सदस्यहरु मुख्यमन्त्री बन्न सक्ने कानुनी प्रावधान छ । जसअन्तर्गत कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ती गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरिएको विज्ञप्तीमा उल्लेख छ।