२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


सुनको मूल्यमा ‘ब्रेक’


0
Shares

काठमाडौं, पुस २४ । निरन्तरजसो उकालो लाग्दै उचाइको रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा बिहीबार भने ‘ब्रेक’ लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजारले घटेर तोलाको ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार तोलामा एक हजारले नै बढेर तोलाको ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले ओरालो लागेर तोलाको ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स १५ सय ४८ डलर हाराहारीमा कारोबार भइरहेको छ ।