लागु औषधसहित हेटौंडाबाट दुई जना पक्राउ « Image Khabar


लागु औषधसहित हेटौंडाबाट दुई जना पक्राउ



हेटौंडा । मकवानपुर प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध पक्राउ गरेको हो ।

मनहरी बजारस्थित चेकपोष्ट अगाडि वीरगञ्जबाट चितवन तर्फ जाँदै गरेको ना ७ ख २०१९ नम्बरको यात्रु बसमा सवार भारतको बिहारस्थित पुर्वी चम्पारणका २२ वर्षीय सद्दाम अन्सारी र सिसवा सौनाहा वडा नम्बर २ बस्ने १८ वर्षका रोहान आलमलाई पक्राउ गरेका हो ।

उनीहरुको साथबाट झोलामा लुकाई ल्याइएको लागुऔषध डाईजेपाम ३०० एम्पुल, फेनार्गन ३०६ एम्पुल र नुफिन ३४० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । थप अनुसन्धान जारी छ ।