२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


दुर्गा प्रसाईले लगाएको आरोप निराधार, चरित्र हत्या गर्न खोजियो : डा.श्रीकृष्ण गिरी


0
Shares

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले वि एण्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईले आफूमाथि निराधार आरोप लगाएको दाबी गरेका छन् ।

प्रसाईले कलेजको सम्बन्धनका लागि गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाए लगत्तै राजधानीमा बुधबार अपरान्ह पत्रकार सम्मेलन गर्दै गिरीले आफूमाथि कपोलकल्पित आरोप लगाएको बताए । उनले विज्ञप्ती पनि सार्वजनिक गर्दै आफ्नो चरित्रहत्या गर्न खोजेको बताएका छन् ।

सम्बन्धन माग्न प्रसाई आयोगमा आएको स्वीकार्दै गिरीले चिकित्सा शिक्षा ऐनले तोकेका केही पनि कागजपत्र नभएकाले निवेदन नै दर्ता नगरी फर्काएको दाबी समेत गरे ।

 सम्बन्धका लागि बि एण्ड सी कलेजको के के कागजपत्र अपुग थियो भन्ने जिज्ञासाको भने डा गिरीले स्पष्ट जवाफ दिन भने सकेनन् । गिरीले प्रसाईं विरुद्ध कानुनी उपचारको बाटो खोज्ने चेतावनी पनि दिएका छन् ।

उनले भनेका छन्, ‘म विरुद्ध लगाएको आरोप मिथ्या, झूठा, भ्रामक र कपोकल्पित छ, पुष्टाई गर्न सम्बन्धित व्यक्तिलाई चुनौती दिन्छु ।’

झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक डा.गिरीले २० करोड रुपैंयाँ घुस मागेको आरोप लगाउँदै बुधबार नै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए ।