२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


आफ्नो कार्यकालमा सरकारी अस्पताललाई उदाहरणीय बनाउने प्रतिबद्धता : स्वास्थ्यमन्त्री


0
Shares

काडमाडौं, पुस २२ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालहरु निकै अस्तव्यस्त अवस्थामा रहेको सुधार शुरु गरिने बताएका छन् ।

कान्ति बाल अस्पतालको ५८ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले अस्तव्यस्त सरकारी अस्पतालमा वर्षौदेखि रहेका बेथिति क्रमशः अन्त्य गरिदै जाने बताएका हुन् ।

मन्त्री ढकालले सरकारी अस्पतालको उपचारमा पनि कमिशनको खेल भेटिने गरेको भन्दै यसबाट विरामीहरुको विश्वास गुम्दै गएपनि यस्तो स्थिति समाप्त गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री ढकालले चिकित्सकहरुका लागि स्वेतपत्र जारी गर्दै सो अनुसार सेवा प्रवाह भए नभएको अनुगमन समेत गरिने तैयारी भइरहेको जानकारी गराए । आफनो कार्यकालमा सरकारी अस्पतालमा उदाहरणीय काम गरेरै छाड्ने उनको प्रतिबद्धता थियो ।