महाकाली राजमार्ग सञ्चालनमा « Image Khabar


महाकाली राजमार्ग सञ्चालनमा



बैतडी, कात्तिक ३ । अविरल वर्षाका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग बुधबार दिउँसोबाट पुनः सञ्चालनमा आएको छ ।

राजमार्ग अन्र्तगत बैतडीको धर्मघर, तारल, खिरेगाउँ, ढिकगाड, चमतडीलगायतका स्थानमा सोमबार पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।

पहिरोलाई डोजरले पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको ट्राफिक प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरु खुलेसँगै आ आफ्नो गन्तव्यतर्फ लागेका छन् । यसका साथै गृहजिल्ला दार्चुला जानलाग्नुभएका कानुन, न्याय तथा संसदीयय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु समेत बाटो खुलेसँगै बुधबार दार्चुला प्रस्थान गर्नुभएको थियो ।

मन्त्री बडू यसअघि बाटो अवरुद्ध हुँदा मंगलबार बैतडीको खोचलेकमा बास बस्नुभएको थियो । यसैबीच गत तीन दिनदेखि अवरुद्ध रहेको विद्युत र नेपाल टेलिकमको सेवा पनि सुचारु भएको छ ।