Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


जहाँ गरिबी त्यहाँ सीटीईभीटी हुनुपर्छ– शिक्षामन्त्री पौडेल


195
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सीटीईभीटीलाई विकट गाउँमा लैजानुपर्ने बताउनुभएको छ ।

मंगलबार सीटीईभीटीका कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले विकट ठाउँमा प्राविधिक शिक्षा लैजानुपर्ने बताउनुभयो । ‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको निकाय हो,’ मन्त्री पौडेलले भन्नुभयो, ‘जहाँ गरिबी छ, त्यहाँ लैजाुनस्, मन्त्रालयले आवश्यक सहयोग गर्छ ।’

सीटीईभीटी आंशिक रूपमा उत्पादनसँग जोडिएकाले प्राविधिक शिक्षालाई जनतासँग जोड्नुपर्ने मन्त्री पौडेलको भनाइ छ । सीटीईभीटीको देशभर ६१ वटा आंगिक शिक्षालय भएको स्मरण गराउँदै उहाँले आवश्यकताका आधारमा सम्बन्धन दिन समस्या नरहेको बताउनुभयो ।

मन्त्री पौडेलले जनतासँग जोडिएको विषय भएकाले यसलाई उत्पादनसँग जोड्दै जनपक्षीय बनाउनुपर्नेमा जोड दिनुभयो । संस्थागत सुधारसँगै गतिशील जनपक्ष र रोजगारसँग जोड्ने तरिकाले काम गर्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।

Skip This