Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


४९ करोड लागतमा इलाममा सुविधासम्पन्न खेलमैदान बन्दै


13
Shares

इलाम, पुस २० । इलाम नगरपालिकाले खेलमैदान निर्माणको लागि डीपीआर तयार गरेको छ ।

खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थित खेल मैदानको अभाव भएकाले रंगशालासहितको खेल मैदान निर्माण गर्न इलाम नगरपालिकाले वडा नं. १० स्थित माइखोला टप्पुमा माइ भगवती रंगशाला निर्माणका लागि डीपीआर तयार गरेको हो ।

एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको यो क्षेत्रमा फुटबल, क्रिकेट, पौडी, एथलेटिक्स र लङ्ग टेनिस जस्ता प्रतियोगिता सञ्चालन गर्न मिल्ने व्यवस्थित रंगशाला बनाइने भएको हो ।

खेल मैदानका लागि प्रदेश सरकारले एक करोड १५ लाख उपलव्ध गराएको छ । चालू आर्थिक वर्षमा प्रदेश सरकार मार्फत थप ६५ लाख बजेट आएको इलाम नगर पालिकाले जनाएको छ ।

जिल्लास्तरीय रंगशाला निर्माणका लागि ४९ करोड लागत इस्टिमेटसहितको डीपीआर तयार भएको छ ।

नगरपालिकाले ठेक्काबाट निर्माणका काम अगाडि बढाइने जानकारी दिएको छ ।