काठमाडौं । मल्लकालीन युद्धको झझल्को दिने खाँ पिहाँवइगु जात्रा भक्तपुरको मध्यपुर थिमिमा आज हुँदैछ । बडादसैं अन्तर्गत एकादशीको दिन थिमिको तत्कालीन दरबारबाट तलेजु भवानीसँगै खाँ पिहाँवइगु जात्रा सम्पन्न गरिन्छ ।
दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा ढाल, खड्ग तथा तरबारसहितको युद्ध कवाज प्रदर्शन गर्ने चलन छ । गुठीयारहरुले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गरिन्छ ।
जात्रालाई नगरका विभिन्न टोलमा प्रदर्शन गरिन्छ । एकादशी भएकाले आज कुभिण्डोलाई बालकुमारी पीठमा बली दिइन्छ । बलि दिइएको कुभिण्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविस्वास रहेको छ ।
गतवर्ष कोरोना भाइरसको कारणले जात्रा रोकिएपनि यस वर्ष मनाइएको छ । आज हुँदै गरेको खाँ पिहाँवइगु जात्रा गर्ने वा नगर्ने भन्नेमा केही दिन अघिसम्म अलमलमा थिए । तलेजुका मुख्य नाइके अर्थात नायः पःमां श्यामकाजी श्रेष्ठ लगायतको टोलीले विशेष पहल गरेपछि आजको जात्रा सम्भव भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्