Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य– राष्ट्रपति भण्डारी


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताउनुभएको छ ।

सोमबार वीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरूको टोलीलाई विदाइ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विकासशील राष्ट्रमा स्रोतसाधन तथा सक्षम जनशक्ति प्राप्त गरी क्यान्सर बिरामीको लागि समर्पित गर्नु चुनौतिको विषय भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले क्यान्सर रोग मानव जीवनका लागि विश्वव्यापी चुनौतिको रूपमा देखा परेको उल्लेख गर्नुभयो । उहाँले वातावरण प्रदुषण, बिषादीयुक्त खाद्य पदार्थ, सुर्ती तथा मादकपदार्थ सेवन लगायतका अस्वस्थ जीवनशैली नै क्यान्सर रोगको कारक रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले बिरामीको सेवामा खट्ने अस्पताल परिवार र चिनियाँ टोलीप्रति आभार व्यक्त गर्दै चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेको पनि बताउनुभयो ।

२२ वर्षअघि चीन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण भएको अस्पतालमा प्रत्येक वर्ष परिवर्तन हुनेगरी चीनबाट नै चिकित्सको टोली आउने गरेको छ । अघिल्लो वर्ष आएका १५ जनाको विशेषज्ञ चिकित्सकको टोली आफ्नो कार्यकाल पूरा गरी फर्कन लागेको हो ।