२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


‘चालक देखि पैदल यात्रीसम्मले सडक अनुशासन पालना नगर्दा सडक दुर्घटनाको अवस्था भयावह हुदै’


0
Shares

काठमाडौं, पुस १४ । यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक शरदचन्द्र पौडेलले नेपालमा सडक दुर्घटनामा परी दैनिक सात जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क पेश गरेका छन् ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा उनले नेपालमा मृत्युको मुख्य कारण नै सडक दुर्घटना भईरहेको बताए ।

चालक देखि पैदल यात्रीसम्मले सडक अनुशासन पालना नगर्दा समस्या भयावह हुदै गएको उनको भनाइ थियो ।

सवारी तथा यातायाता व्यवस्था ऐनमा ट्राफिक नियम सम्बन्धि केही व्यवस्था भए पनि त्यसले मात्रै नपुग्ने भन्दै पौडेलले चालकलाई जिम्मेवार बनाउन ऐनमा नै व्यवस्था गरिए दुर्घटनामा कमी आउने संभावना औंल्याए ।