पुल निर्माण नहुँदा यातायात ठप्प « Image Khabar


पुल निर्माण नहुँदा यातायात ठप्प


Border circle
Imagekhabar

उदयपुर, असोज १३ । पूर्व पश्चिम मदन भण्डारी लोकमार्ग निर्माण भएपनि पुल र एप्रोच सडक निर्माण नहुँदा सार्वजनिक यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

सरकारको उच्च प्राथमिकतामा परेको यो राजमार्ग मध्यपहाडी लोकमार्ग र चुरे आसपासका क्षेत्रमा रहेका १४ वटा जिल्लाको विकासको ढोका खोल्ने बताइएको छ ।

पहिलो चरणमा निर्माण भएको चौदण्डी गढी नगरपालिका विरेन्द्र चोकदेखि सिन्धुली भिमान १ सय ३४ किलोमिटर सडक खण्डमा पर्ने ५६ वटा पुलमध्ये ४३ वटा निर्माण सम्पन्न भएको छ ।

बनेका पुलको वर्षौ बित्दासमेत दुवैतर्फ एप्रोच सडक बनेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्