
काठमाडौं । भारतीय क्रिकेटरसमेत रहेका नेता नवजोत सिंह सिद्धूले पञ्जाब कांग्रेस समितिको अध्यक्षबाट राजीनामा दिएका छन् ।
एक विज्ञप्ति जारी गर्दै सिद्धूले अध्यक्षबाट राजीनामा दिए पनि आफू कांग्रेसमै रहने स्पष्ट पारेका छन् । कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उनले आफूले पञ्जाबका जनताको जीवन र विकासको सन्दर्भमा कहिल्यै सम्झौता नगर्ने उल्लेख गरेका छन् ।
पूर्व क्रिकेटरसमेत रहेका सिद्धूलाई धेरैले ‘द कपिल शर्मा शो’ मार्फत् पनि विश्वभर परिचित छन् । उनले कपिलको शो को प्रमुख अतिथिको रुपमा धेरै वर्ष काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्