अफगानिस्तानमा खाद्यान्नको मूल्यवृद्धि, खाद्यान्न अभाव हुँदै « Image Khabar


अफगानिस्तानमा खाद्यान्नको मूल्यवृद्धि, खाद्यान्न अभाव हुँदै


Border circle
Imagekhabar

एजेन्सी । तालिवानले सत्ता हत्याएपछि अफगानिस्तानका जनताले महंगीको मार खेप्नु परेको छ । अफगानिस्तानमा खाद्यान्नको मूल्य दिन प्रतिदिन बढ्दै गएपछि खाद्यान्न संकट समेत हुन थालेको छ ।

खाद्यान्नमा ३० प्रतिशत र तरकारीको ५० प्रतिशतले मूल्य वृद्धि भएको छ । पेट्रोलियम पदार्थमा पनि २० प्रतिशतले वृद्धि गरिएपछि अफगानी जनता थप मारमा परेका छन् ।

राजधानी काबुललगायत अन्य शहरहरुमा खाद्यान्न किन्नेको भीड लाग्ने गरेको छ । पेट्रोलियम पदार्थको मुल्य बृद्धी भएपछि यातायात व्यावसायीहरुले पनि भाउ बढाउनु पर्ने माग गर्दै आएका छन ।

अफगानिस्तानमा राष्ट्रिय परिचय पत्रको आधारमा खाद्यान्नमा छुट दिइने गरेकोमा तालिवानले सो नियम पनि खारेज गर्ने तयारी गरेकोले त्यहाँका जनतामा असन्तुष्टी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्